चीन-जापान सहकार्यमा विदेशमन्त्री वाङको जोड

हिमाल प्रेस २१ मंसिर २०७९ २१:१३
6
SHARES
चीन-जापान सहकार्यमा विदेशमन्त्री वाङको जोड

काठमाडौँ– चीनका विदेशमन्त्री वाङ यीले चीन र जापानले आपसी सहकार्यमा जोड दिनुपर्ने बताएका छन्। नयाँ युगको आवश्यकता पूरा गर्ने द्विपक्षीय सम्बन्ध निर्माणका निम्ति दुई देशबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्यसमेत रहेका वाङले १८औँ बेइजिङ-टोक्यो फोरमको उद्घाटन समारोहमा भिडियो सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन्।

एसियाको विकास र पुनरुत्थानका लागि दुवै देशले संयुक्त रूपमा मिलेर काम गर्नुपर्ने उनले बताए।

यो वर्ष चीन-जापान कूटनीतिक सम्बन्ध कायम भएको ५०औँ तथा आगामी वर्ष चीन-जापान शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको ४५औँ वर्षमा प्रवेश गर्ने सन्दर्भमा विदेशमन्त्री वाङले दुवै पक्षले यी वार्षिकोत्सवका अवसरलाई द्विपक्षीय सम्बन्ध अझ दिगो र स्थिर बनाउन सदुपयोग गर्नुपर्ने बताए।

उनले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन पाँचबुँदे सुझाव पनि प्रस्तुत गरे। चीन र जापानले एकअर्कालाई विश्वासका साथ सम्मान गर्दै राजनीतिक प्रतिबद्धतामा अडिग रहनुपर्नेमा चिनियाँ विदेशमन्त्रीले जोड दिए।

उनले द्विपक्षीय सम्बन्ध राजनीतिक आधारशिलामा टिकेको इतिहासतर्फ इंगित गर्दै ताइवानलगायत प्रमुख एवम् संवेदनशील मुद्दालाई विशेषरूपमा सम्हाल्नुपर्ने बताए। चीन र जापानले पनि एकअर्कालाई सहयोग गर्नु आवश्यक भएको उनको भनाइ छ।

प्रकाशित: २१ मंसिर २०७९ २१:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =