रामोसको ह्याट्रिकसँगै पोर्चुगल क्वार्टरफाइनल प्रवेश

हिमाल प्रेस २१ मंसिर २०७९ ८:३५
10
SHARES
रामोसको ह्याट्रिकसँगै पोर्चुगल क्वार्टरफाइनल प्रवेश

काठमाडौँ- गोन्कालो रामोसको ह्याट्रिकसँगै पोर्चुगल कतार विश्वकपको क्वार्टरफाइनल प्रवेश गरेको छ। स्टाइकर क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदान प्रवेश गरेका रामोसले खेलको १७औँ, ५१औँ र ६७औँ मिनेटमा गोल गरे।

रामोसको ह्याट्रिक नै कतार विश्वकपको पहिलो ह्याट्रिक हो। मंगलबार राति सम्पन्न खेलमा रामोसको ३ गोलसहित स्वीट्जरल्यान्डको पोष्टमा पोर्चुगलले ६ गोल प्रहार गरेको थियो।

खेलको ३३औँ मिनेटमा पेपे, ५५औँ मिनेटमा राफेल गुरेरियो र राफेल लियोले खेलको अतिरिक्त समयमा गोल गरेका थिए। स्वीट्जरल्यान्डका लागि ५८औंँ मिनेटमा म्यानुअल अकाञ्जीले एक मात्रै सान्त्वना गोल फर्काएका थिए।

अन्तिम आठमा पुगेको पोर्चुगलले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। मोरक्कोले स्पेनलाई पराजित गर्दै अन्तिम ८ मा पुगेको हो। पूर्व च्याम्पियन स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० ले हराउँदै मोरक्को क्वार्टरफाइलनमा प्रवेश गरेको थियो।

यो खेलसँगै क्वार्टरफाइनल समीकरण पूरा भएको छ।

पोर्चुगल र मोरक्कोबीच क्वार्टरफाइनलमा भिडन्त हुँदा इंग्ल्यान्ड र फ्रान्स, ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २१ मंसिर २०७९ ८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =