एनएमबि बैंकको लाभांश घोषणा

हिमाल प्रेस २० मंसिर २०७९ १३:५७
16
SHARES
एनएमबि बैंकको लाभांश घोषणा

काठमाडौँ- एनएमबि बैंकले लाभांश घोषणा गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो।

बैंकले हाल कायम चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण गरिने बैंकले जनाएको छ।

८।२५ प्रतिशतले हुन आउने १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१ रुपैयाँ ६४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव बैंकले गरेको हो। साथै कम्पनीले बोनस सेयर प्रस्ताव गरेको छैन।

प्रकाशित: २० मंसिर २०७९ १३:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =