तेह्रथुममा ८ जना पत्रकार पुरस्कृत

हिमाल प्रेस १७ मंसिर २०७९ १६:५४
10
SHARES
तेह्रथुममा ८ जना पत्रकार पुरस्कृत

तेह्रथुम– तेह्रथुममा ८ जना पत्रकार पुरस्कृत भएका छन्। नेपाल पत्रकार महासंघ तेह्रथुमले १२ औं साधारण सभाको अवसरमा जिल्लाका ३ महिला र ५ पुरुषसहित ८ पत्रकारलाई पुरस्कृत गरेको हो।

पुरस्कृत हुनेमा कान्तिपुर संवाददाता चन्द्र कार्की र जिल्ला शाखाका पूर्वअध्यक्ष एवम् रेडियो तेह्रथुमका सहायक स्टेशन म्यानेजर नरेश ढुंगाना रहेका छन्।

दुवै जनालाई क्रियाशील पत्रकारिता पुरस्कार, २०७९ बाट पुरस्कृत गरिएको हो।

पुरस्कारको राशि जनही ११ हजार १ सय ११ रुपैयाँ रहेको छ। उक्त पुरस्कार हाल अस्ट्रेलियामा बस्दै आएका राधिका पोखरेल र डा. सञ्जिव सापकोटा दम्पत्तिले स्थापना गरेका हुन्।

यस्तै महासंघले जिल्ला शाखाका पूर्वअध्यक्ष उद्धव तिम्सिना र रेडियो मेन्छ्यायेमका पत्रकार कृष्ण तामाङलाई तेह्रथुम पत्रकारिता विकास पुरस्कारबाट पुरस्कृत गरिएको छ।

पुरस्कारको राशि जनही ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ। उक्त पुरस्कार म्याङलुङका उमा कार्की र तेज कार्की दम्पत्तिले स्थापना गरेका हुन्।

यसैगरी तेह्रथुम महिला पत्रकारिता पुरस्कारबाट रेडियो मेन्छ्यायेमकी पत्रकार जानुका नेपाल र रेडियो तेह्रथुमकी पत्रकार अस्मिता सुवेदी पुरस्कृत भएका छन्।

पुरस्कारको राशि जनही १ हजार १ सय रुपैयाँ रहेको छ। उक्त पुरस्कार स्व. सोमनाथ निरौलाको परिवारले स्थापना गरेका हुन्।

आर्थिक पत्रकारिता पुरस्कारबाट रेडियो तीनजुरेकी पत्रकार सरस्वती राई र रेडियो मेन्छ्यायेमका पत्रकार वीरेन्द्र पयाङगु सम्मानित भएका छन्।

उक्त पुरस्कारको राशि जनही १ हजार १ सय ११ रुपैयाँ रहेको छ। सो पुरस्कार सहयोगी बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको हो।

संविधानसभा सदस्य सिता गुरुङ, तेह्रथुम प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल र नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलावल्लभ घिमिरेले सम्मानित सबैलाई संयुक्त रुपमा सम्मानपत्र, दोसल्ला र नगद पुरस्कार प्रदान गरेका हुन्।

शाखाले साधरणसभाको अवसरमा जिल्लाबाट हालै निर्वाचित उम्मेदवार गुरुङ, दुलाल र दुर्गा चापागाईंलाईसमेत सम्मान गरेको छ।

यस्तै वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी महासंघका सदस्य छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बु र आठराई गाउँपालिका ६ का वडाध्यक्ष कृष्ण बास्कोटालाई समेत सो अवसरमा सम्मानित गरिएको छ।

प्रकाशित: १७ मंसिर २०७९ १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =