देउवा र सिके राउतबीच भेट, संघ र प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हिमाल प्रेस १५ मंसिर २०७९ १८:०७
72
SHARES
देउवा र सिके राउतबीच भेट, संघ र प्रदेश सरकारमा सहकार्य गर्ने सहमति प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बिहीबार बालुवाटारमा भेट गर्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउत। साथमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र पूर्व उपसभापति विमलेन्द्र निधि।

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमुक्ति पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके)बीच भेटवार्ता भएको छ। दुई नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो।

भेटमा सरकार गठबनको विषयमा कुराकानी भएको बताइएको छ। कांग्रेस नेता विमलेन्द्र निधिले सिके राउतलाई सँगै लिएर बालुवाटार गएका थिए। ‘अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष, डा. सिके राउतलाई लिएर प्रधानमन्त्री शेर बहादुर देउवासँग बालुवाटारमा भेट गराएर फर्कँदै छु। दुवै जनामा सकरात्मक र परिणाम मुलक वार्ता भएको छ’ निधिले भने, ‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ।’ भेटमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि थिए।

राउतलाई देउवाले नै टेलिफोन गरी काठमाडौँ बोलाएका थिए। काठमाडौँ आए लगत्तै राउतले नेता निधिसँग भेटेका थिए।

 

प्रकाशित: १५ मंसिर २०७९ १८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =