सडक दुर्घटनामा एकको मृत्यु

हिमाल प्रेस १६ पुष २०७९ ८:०६
4
SHARES
सडक दुर्घटनामा एकको मृत्यु सांकेतिक तस्बिर।

बुटवल- पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवलको अस्पताल लाइनमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग१ज ६३६७ नम्बरको जिप अनियन्त्रित भई पल्टिँदा प्यूठानको गौमुखी गाउँपालिका वडा नम्बर १ का २८ वर्षीय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा २९ वर्षीय सुरेश तामाङ र मिनबहादुर तामाङ घाइते भएका छन्। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तीव्र गतिमा रहेको जिप सडकको मध्यभागमा रहेको पर्खाल र बारनाघेर विपरीत दिशामा पुगेको थियो।

प्रकाशित: १६ पुष २०७९ ८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =