सेञ्‍चुरी बैंकले ५ प्रतिशत लाभांश दिने

हिमाल प्रेस १४ पुष २०७९ १६:०५
10
SHARES
सेञ्‍चुरी बैंकले ५ प्रतिशत लाभांश दिने

काठमाडौँ– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ५ प्रतिशत लाभांश दिने भएको छ। बैंकको बिहीबार बसेको १२औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष ०७८/७९ को नाफाबाट ४.५७ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।

साधारण सभाले सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकमा गाभ्नेसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। सेञ्चुरी कमर्सियल बैंकसँग ९ अर्ब ५५ करोड ३९ लाख चुक्ता पुँजी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =