पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

हिमाल प्रेस १३ पुष २०७९ १३:०९
6
SHARES
पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

काठमाडौँ- पोखरामा छैटौँ संस्करणको ‘पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ चलिरहेको छ। महोत्सव पुस १२ देखि १६ सम्म चल्नेछ।

पाँच दिने फिल्म महोत्सव नेपाल संस्कृति केन्द्रको आयोजनामा भएको हो। चलचित्र विकास बोर्ड सह-आयोजक रहेको महोत्सवमा भारत, पाकिस्तान, सिंगापुर, जर्मनी, साउथ कोरिया, स्पेन, सर्बिया, क्यानडा, यूएसए, फ्रान्स, इंग्ल्यान्डलगायत ३२ देशका ५१ वटा सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्मलगायत प्रदर्शन गरिँदै छन्।

पोखराका नेपाल पर्यटन बोर्डको सभाकक्ष, अल्फान्जो रिर्सोट, फिलगुड रिर्सोट, काम पोखरा रिर्सोटलगायत आदि ठाउँमा फिल्म प्रदर्शन भइरहेका छन्।

महोत्सवमा दीपेन्द्र के खनालको निर्देशन रहेको ‘चिसो मान्छे’, दिनेश राउत निर्देशित ‘प्रकाश’, सुजित बिडारीको ‘ऐना झ्यालको पुतली’लगायत नेपाली फिल्म प्रदर्शन गरिनेछन्।

महोत्सवमा गौतम धिमालले फेसन फोटोग्राफीको मास्टर क्लास दिए। धिमालको मास्टर क्लासबाहेक महोत्सवमा कार्यशाला, अन्तरक्रिया र सेमिनार पनि भइरहेका छन्।

महोत्सवको निर्णायकमा फ्रान्सकी कास्टिङ एजेन्ट कोलेट टोस्टिविन्ट, गौतम धिमाल, अनुप सुवेदी, जितेश प्रधान र विमला भण्डारी छन्। सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्मसँगै विद्यार्थीले बनाएका फिल्मले पनि अवार्ड पाउनेछन्।

महोत्सवका समापन समारोहमा विद्या चापागाईं र कमल कुमारको ‘बाघको बङ्गारा’ देखाइनेछ।

प्रकाशित: १३ पुष २०७९ १३:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twenty =