कैलालीको एक सहकारीबाट पाँच लाख रूपैयाँ चोरी

हिमाल प्रेस ७ पुष २०७९ १२:०६
4
SHARES
कैलालीको एक सहकारीबाट पाँच लाख रूपैयाँ चोरी

धनगढी- कैलालीको एक सहकारी संस्थाबाट पाँच लाख नगद चोरी भएको छ।

गोदावरी नगरपालिका-२ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड मालाखेतीमा बुधबार राति तोडफोड गर्दै चोरी गरिएको प्रहरीले जनाएको छ।

सहकारीका अध्यक्ष तेजराज अवस्थीले ५ लाख ६७ हजार नगद र सिसी क्यामराको डिभाइससमेत चोरी भएको बताए। दराज तोडफोड गरेर पैसा चोरिएको हो। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीको टोली खटिएको छ।

प्रकाशित: ७ पुष २०७९ १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 2 =