कैलालीमा पूर्व-पश्चिम राजमार्गको अवरोध खुलाउन अश्रुग्यास प्रहार

हिमाल प्रेस ६ पुष २०७९ १३:४५
2
SHARE
कैलालीमा पूर्व-पश्चिम राजमार्गको अवरोध खुलाउन अश्रुग्यास प्रहार

धनगढी- कैलालीको गोदावरी नगरपालिकाको स्याउले र हरैयामा अवरुद्ध पारिएको पूर्वपश्चिम राजमार्ग अझै खुल्न सकेको छैन।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको गोदावरी नगरपालिका-६ लालपुरमा बुधबार बिहान सुपप्र ०१००१ क २०२० नम्बरको टिप्परले सुपप्र०१००१ ह ४९१८ को अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा अटोमा सवार गोदावरी नगरपालिका ७ का ४ वर्षीय बालक भरत ठकुल्ला रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

ठकुल्लाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उनकी २९ वर्षीय आमा पेन्टी ठकुल्ला घाइते छन्। उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ।

अटो चालक २८ वर्षीय मोहन बोहरा समान्य घाइते छन्। टिपर र चालक धनगढी उपमहानगरपालिका-७ बस्ने ४२ वर्षीय प्रदीप चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतिले नियन्त्रणमा लिएको छ।

प्रहरीले राजमार्गको अवरोध हटाउन अश्रुग्यास समेत प्रहार गरेको छ तर प्रर्दशनकारीले अवरोध भने जारी राखेका छन्।

बुधबार बिहान गोदावरीको लालपुरमा टिपरले अटो रिक्सालाई ठक्कर दिँदा बालकको मृत्यु भएको घटनालाई लिएर हरैयामा स्थानीयले विरोध जनाउँदै अवरोध सिर्जना गरेका छन् भने स्याउले गोदावरी नगरपालिकाले राजश्व वृद्धि गरेको विरोधमा ट्याक्टर व्यवसायीले आन्दोलन गरिरहेका छन्।

प्रकाशित: ६ पुष २०७९ १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 15 =