मधेश प्रदेशका स्वतन्त्र सांसद कुशवाहा माओवादीमा प्रवेश

हिमाल प्रेस १४ पुष २०७९ ८:४७ | Thursday, December 29, 2022
मधेश प्रदेशका स्वतन्त्र सांसद कुशवाहा माओवादीमा प्रवेश

काठमाडौँ- सर्लाही क्षेत्र नम्बर ३ (क)बाट निर्वाचित स्वतन्त्र सांसद (मधेश प्रदेशसभा सदस्य) जवाहरलाल कुशबाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

बुधबार साँझ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटार पुगेर कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

प्रचण्डले टीका र खादा लगाएर कुशवाहालाई आफ्नो पार्टीमा स्वागत गरेका माओवादी केन्द्र हरिवन नगर कमिटीका सचिव गौरी महतोले जानकारी दिए।

करिब एक वर्षअघि नेपाली कांग्रेस परित्याग गरी कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका थिए। मंसिर ४ गते सम्पन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध प्रदेशसभामा बागी उम्मेदवारी दिएपछि माओवादीले उनलाई कारबाही गरेको थियो।

प्रकाशित: १४ पुष २०७९ ८:४७ | Thursday, December 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast