प्रधानमन्त्री प्रचण्ड बिहीबार मात्रै बालुवाटार सर्ने

हिमाल प्रेस १३ पुष २०७९ १३:४२ | Wednesday, December 28, 2022
प्रधानमन्त्री प्रचण्ड बिहीबार मात्रै बालुवाटार सर्ने

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि (बिहीबार) मात्रै बालुवाटार सर्ने भएका छन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास छोडेसँगै आजै (बुधबार) बालुवाटार सर्ने तयारी थियो। तर आज सरसफाइ गरेर भोलि मात्रै सर्ने प्रचण्डको सचिवालयले जनाएको छ।

प्रचण्डलाई बालुवाटार सर्न ज्योतिषी टीकाराम घिमिरेले बुधबार साँझ ५ बजेको समय जुरेको जानकारी गराएका थिए। माओवादीका एक नेताका अनुसार प्रचण्ड आफैँले साइत हेर्न नलगाएको तर ज्योतिषीले भने साइत निकालेर सोही समयमा बालुवाटार आउन सुझाव दिएका थिए।

प्रचण्ड आज ५ बजे बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने नाटक ‘ज्ञानको चिहान’ को प्रिमियर शोमा सहभागी हुँदैछन्।

प्रकाशित: १३ पुष २०७९ १३:४२ | Wednesday, December 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast