तनहुँ १ मा कांग्रेसका रामचन्द्र पौडेल विजयी

हिमाल प्रेस ८ मंसिर २०७९ १०:२६
10
SHARES
तनहुँ १ मा कांग्रेसका रामचन्द्र पौडेल विजयी

काठमाडौँ- तनहुँ १बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन्। पौडेलले २५ हजार ३१८ मत ल्‍याएर निर्वाचित भएका हुन्।

नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भए। पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९४३ मत ल्याए। स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन्।

प्रकाशित: ८ मंसिर २०७९ १०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 19 =