कैलाली-४ मा भेटियो अर्धकट्टिसहितको मत, मतगणना स्थगित

हिमाल प्रेस ७ मंसिर २०७९ १२:५९
10
SHARES
कैलाली-४ मा भेटियो अर्धकट्टिसहितको मत, मतगणना स्थगित तस्बिरः रासस

धनगढी– कैलाली क्षेत्र नं. ४ को मतगणना स्थगित भएको छ। प्रतिनिधिसभाको मतगणनाका क्रममा एउटा मत अर्धकट्टिसहित भेटिएको भन्दै एमालेका प्रतिनिधिहरूले मतगणना स्थगित गरेका हुन।

मतगणनाका क्रममा एउटा मत अर्धकट्टिसहित भेटिएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत ईन्द्रबहादुर कठायतले बताए। उनले उम्मेदवारहरूसहित पार्टीका प्रतिनिधिहरूले आपसमा छलफल गरेर मात्रै गणना सुरु गर्नुपर्ने भनेपछि तत्कालका लागि मतगणना रोकेको बताए।

उनले छलफलपश्चात पुनः मतगणना सुरु गरिने बताए।

प्रकाशित: ७ मंसिर २०७९ १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =