‘मागको संकुचनले राजस्व संकलनमा दबाब’

हिमाल प्रेस ६ मंसिर २०७९ १९:३०
12
SHARES
‘मागको संकुचनले राजस्व संकलनमा दबाब’

काठमाडौँ- नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ को अवसरमा राजस्व सचिव रामेश्वर दंगाल र आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्यसँग अन्तरक्रिया गरेको छ। नेपाल उद्योग परिसंघ सचिवालयमा मंगलबार आयोजित ‘परिसंघमा परिचर्चा’ कार्यक्रममा अध्यक्ष विष्णुकुमार अग्रवालले मागमा आएको संकुचनको असर उद्योग क्षेत्रसँगै राजस्व संकलनमा समेत परेको बताए।

‘यसको समग्र असर अर्थतन्त्रले भोगिरहेको छ,’ उनले भने, ‘अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि ब्याजदर घटाउने, समग्र माग बढाउने खालको नीति अलम्बलन गर्नुपर्छ।’ परिसंघले गरेको सर्वेक्षणअनुसार उद्योगको प्रकृतिअनुुसार ८० प्रतिशतसम्म मागमा संकुचन आएको देखिएको अग्रवालको भनाइ छ।

अध्यक्ष अग्रवालले बहुदर भ्याट प्रणाली लागू गर्न आवश्यक भएको पनि बताए। उनले भने, ‘भारतलगायत अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी हुन बहुदर भ्याट प्रणालीको विकल्प छैन।’ राजस्व सचिव रामेश्वर दंगालले राजस्व संकलनमा गिरावट आउँदा वित्तीय चाप पारेको बताए। अर्थतन्त्रमा परेको दबाबबारे निजी क्षेत्र जानकार रहेको भन्दै उनले राजस्वमा योगदान दिन उद्योगी व्यवसायीलाई आग्रह गरे।

अर्थतन्त्रमा स्थायित्व ल्याउने गरी मौद्रिक नीतिले औजार प्रयोग गर्दा बजेटले लिएका उद्देश्य हासिल गर्न दबाब परेको सचिव दंगालले बताए। उनले राजस्वमा दबाब पर्दै गए आन्तरिक ऋण उठाउनुपर्ने र त्यसको प्रत्यक्ष असर निजी क्षेत्रमा जाने लगानीयोग्य रकममा थप दबाब पर्ने धारणा राखे।

आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्यले निजी क्षेत्रलाई दोहोरो कर नपरोस् भन्नेमा सरकार सचेत रहेको बताए। उनले कर अधिकारी र करदाताबीच भौतिक सम्पर्क नै हुन नपर्ने गरी कर प्रशासनमा सुधार गर्न लागेको बताए। ‘यसले कर प्रशासन र निजी क्षेत्रप्रति लाग्ने आरोप सहनु पर्दैन,’ उनले भने।शाक्यले निजी क्षेत्र नफस्ट्याई सार्वजनिक क्षेत्र पनि अगाडि बढ्न नसक्ने धारणा राखेका थिए।

प्रकाशित: ६ मंसिर २०७९ १९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =