स्वतन्त्र उम्मेदवारभन्दा १४ सय बढी मतले पछाडि परे महन्थ ठाकुर

हिमाल प्रेस ६ मंसिर २०७९ १८:३५
52
SHARES
स्वतन्त्र उम्मेदवारभन्दा १४ सय बढी मतले पछाडि परे महन्थ ठाकुर

जनकपुरधाम– महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–३ मा पनि मतगणना जारी छ। यहाँ लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष ‍महन्थ ठाकुरले एकहजार चारसय ४४ मतले पछाडि परेका छन्। पछिल्लो मतपरिणामअनुसार ठाकुरले एक हजार नौसय ३२ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार रामआधार कापरले ३ हजार तीन सय ७६ मत प्राप्त गरेका छन्।

त्यस्तै, जसपाका उम्मेदवार हरिनारायण यादव एक हजार सात सय ११ मतसहित तेस्रो स्थानमा छन्।

प्रकाशित: ६ मंसिर २०७९ १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − two =