दाङमा माओवादीकी रेखा अघिअघि, पछ्याउँदै एमालेका शंकर

हिमाल प्रेस ६ मंसिर २०७९ १५:३४
36
SHARES
दाङमा माओवादीकी रेखा अघिअघि, पछ्याउँदै एमालेका शंकर

काठमाडौँ- दाङ क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनकी उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)की नेतृ रेखा शर्मा खड्काले अग्रता बढाएकी छन्।

पछिल्लो मतपरिणामअनुसार रेखाले ८ हजार ६१६ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ६ हजार ८०७ मत प्राप्त गरेका छन्। २० हजार ६७८ मतगणना हुँदा माओवादी नेतृ रेखा एमाले महासचिव शंकरभन्दा १ हजार ८०९ मतले अगाडि छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले ३ हजार १२२ मत प्राप्त गरेका छन्। निर्वाचन क्षेत्र नं.२ मा कुल मतदाता १ लाख ३३ हजार ७४८ रहेकोमा ७९ हजार ४४६ मत खसेको छ।

प्रकाशित: ६ मंसिर २०७९ १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =