धनुषा-३ : एमालेकी जुलीको अग्रता कायमै

हिमाल प्रेस ६ मंसिर २०७९ १३:१३
12
SHARES
धनुषा-३ : एमालेकी जुलीको अग्रता कायमै

जनकपुरधाम- धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले अग्रता कायमै राखेकी छन्। ११ हजार तीनसय ७३ मतको गणना हुँदा महतोले ४ हजार ९९५ मत ल्याएकी छन्। त्यस्तै पाँचदलीय गठबन्धनबाट लोसपाका अनिल झाले ३ हजार ८६६ मत ल्याएर महतोलाई पछ्याइरहेका छन्।

पहिलोपटक चुनावी दौडमा रहेको जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साहले १ हजार ५०३ मत प्राप्त गरेका छन्। प्रतिनिधिसभातर्फ धनुषा–३ मा अहिलेसम्म ६१७ मत बदर भएको छ।

प्रकाशित: ६ मंसिर २०७९ १३:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =