कास्की-२ : घण्टीको अग्रता कायमै

हिमाल प्रेस ५ मंसिर २०७९ १०:४६
8
SHARES
कास्की-२ : घण्टीको अग्रता कायमै

पोखरा- प्रतिनिधिसभातर्फ कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रता कायमै राखेको छ। सो पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले पाँचदलीय गठबन्धनका साझा उम्मेदवार र एमालेका उम्मेदवारलाई पछि पारेका हुन्। पोखरा सभागृहमा हालसम्म १ हजार ७ सय ४ मत गणनामा कँडेलले ५ सय २८ मत प्राप्त गरेका छन्।

दोस्रो स्थानमा रहेकी एमालेकी विद्या भट्टराईले ३ सय ९७ र एकीकृत समाजवादीका श्रीनाथ बरालले २ सय ९६ मत प्राप्त गरेका छन्।

राप्रपाका सुवर्णराज पन्तले २ सय ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कास्कीको क्षेत्र १ र ३ को मतगणना सुरु भइसकेको छैन।

प्रकाशित: ५ मंसिर २०७९ १०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 16 =