इटहरी– प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आइतबार अपराह्न ४ बजेसम्म सुनसरीमा जम्मा २ लाख ६९ हजार १३३ मत खसेको छ। जसमा १ लाख ३० हजार ५२८ जना पुरुषले मतदान गरेका छन् भने महिला मतदाताको संख्या १ लाख ३८ हजार ६०१ छ। यस्तै अन्य ४ जना मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। सुनसरीमा जम्मा ५ लाख ४४ हजार ९४१ मतदाता छन्।
प्रकाशित: ४ मंसिर २०७९ १६:४८
प्रतिक्रिया