पूर्वसहमति नलिई मतदान स्थगित नगर्न निर्वाचन आयोगको निर्देशन

हिमाल प्रेस ४ मंसिर २०७९ १३:४२
2
SHARE
पूर्वसहमति नलिई मतदान स्थगित नगर्न निर्वाचन आयोगको निर्देशन काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा पर्ने काडाँघारीको गान्धी आदर्श माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानका लागि उत्साहित महिला मतदाता लामबद्ध। तस्बिर : रासस

काठमाडौँ- निर्वाचन आयोगले सामान्य विवादका कारण स्थगित भएका मतदान तत्काल सुरु गर्न निर्देशन दिएको छ। आयोगले एक सूचना जारी गर्दै मतदान अधिकृतहरूलाई यस्तो निर्देशन दिएको हो।

आयोगले भनेको छ, ‘मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य थाल्ने र साँझ पाँच बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न सबै मतदाता अधिकृतहरूलाई निर्देशन दिइएको छ।’

आयोगले स्थगित गर्नैपर्ने भएमा निर्वाचन आयोगको पूर्वस्वीकृति लिन निर्देशन दिएको छ।

प्रकाशित: ४ मंसिर २०७९ १३:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =