मतपेटिका खोसाखोस हुँदा सिराहाको कर्जन्हामा गोली चल्यो

हिमाल प्रेस ४ मंसिर २०७९ ११:०३
6
SHARES
मतपेटिका खोसाखोस हुँदा सिराहाको कर्जन्हामा गोली चल्यो सांकेतिक तस्बिर।

जनकपुरधाम– सिराहाको कर्जन्हा नगरपालिका ६ मा रहेको जनता मावि बडहरामाल मतदानस्थलमा गोली चलेको छ। जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीका कार्यकर्ताबीच मतपेटिका खोस्ने प्रयास भएपछि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको हो।

स्थिति तनावग्रस्त हुन थालेपछि नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।

प्रकाशित: ४ मंसिर २०७९ ११:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 12 =