यी कागजात देखाएर पनि भोट हाल्न पाइन्छ

हिमाल प्रेस ३ मंसिर २०७९ १२:५५
यी कागजात देखाएर पनि भोट हाल्न पाइन्छ

काठमाडौँ- आइतबार (भोलि)प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत मतदान हुँदैछ। मतदाता नामावलीमा नाम भएकाहरूले मतदाता परिचयपत्र देखाएर भोट खसाल्न पाउनेछन्।

यदि मतदाता नामावलीमा नाम छ र मतदाता परिचयपत्र हराए वा मतदान केन्द्रमा लैजान बिर्सिएको अवस्थामा अन्य विभिन्न कागजात देखाएर पनि मतदान गर्न सकिन्छ।

नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपूर्जा, राहदानी र सवारी चालक अनुमतिपत्र देखाएर पनि मतदान अधिकार प्रयोग गर्न सकिन्छ।

प्रकाशित: ३ मंसिर २०७९ १२:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 9 =