पारदर्शी कर र त्यसको सदुपयोगका लागि एसीसीए

हिमाल प्रेस ३ मंसिर २०७९ १२:४९
4
SHARES
पारदर्शी कर र त्यसको सदुपयोगका लागि एसीसीए

पछिल्लो अध्ययनले के देखाएको छ भने, करदाताको मनोवृत्ति समाज र देशमा हुने भ्रष्टाचारसँग जोडिएको हुन्छ। एसीसीए र इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्ट्स (आईएफएसी) ले १४ विकासशील देशका ५ हजार ९०० करदातामाझ गरेको सर्वेक्षणबाट यस्तो नतिजा आएको हो। जब भ्रष्टाचारको मात्रा बढ्छ, सार्वजनिक कोषको दुरुपयोग हुन्छ, तब करदाताको कर व्यवस्थाप्रतिकाे भरोसा नै कम हुन्छ।

यस विषयमा एसीसीएका कार्यकारी अधिकृत हेलेन ब्रान्डले भनेका छन्, ‘भ्रष्टाचारले कर व्यवस्थाप्रतिको भरोसा घटाउँछ। कर तिर्नुपर्छ भन्ने जागरुक रहनेलाई निराश बनाउँछ। समग्र दिगो विकासलाई नै हानी गर्छ। आईएमएफको अध्ययनले नै देखाइसकेको छ, कर संकलन आर्थिक वृद्धिसँग जोडिएको छ। यसकारण भ्रष्टाचारविरुद्धको लडाइँ एकाउन्टेन्सी समुदायको प्राथमिकतामा छ।’

करदाताको मनोवृत्तिबारे पहिले पनि अध्ययन भएका थिए। तर यसपालि भने पहिलो पटक जी–२० समूहबाहिर रहेका देशका तथ्यांकलाई पनि समावेश गरिएको हो। संयुक्त राष्ट्रसंघका अनुसार सन् २०५० भित्र जि–२० समूह बाहिरका देशमा अहिलेसम्मकै उच्च जनसंख्या वृद्धि हुनेछ। जसले गर्दा विश्व जनसंख्यामा उनीहरूको हिस्सामा स्वतः बदलाव आउनेछ।

मजबुत समाज निर्माणमा कुशल, प्रभावकारी र विश्वासिलो कर प्रणालीको महत्त्वूर्ण हिस्सा हुन्छ। यो सर्वेक्षणका अनुसार कर उठाउन समस्या छैन। तर उठाइसकेको कर के हुन्छ भन्ने संशय चाहिँ छ।

‘करदाता र सरकार अनि व्यापारी वर्ग, समाज तथा कर व्यवस्थाबीचको सम्बन्धले देशको आर्थिक व्यवस्था र अर्थतन्त्रलाई असर गर्ने गर्छ। अर्थतन्त्र दिगो हुँदा वा नहुँदा हामी सबैलाई असर गर्छ। एकाउन्टेन्ट वा यससँग सम्बद्ध समग्र समुदायलाई असर गर्छ। कर र करदाताका विषयमा गरिएका सर्वेक्षणले यी विभिन्न पक्षबीचको सम्बन्ध कस्तो छ भनेर प्रष्ट पार्छ। जसकारण नीति निर्माताले उचित योजना बनाउन सक्छन्,’ आईएफसीका प्रमुख कार्यकारी अधिकृत केभिन डानके भन्छन्।

आईएफसीले हालै भ्रष्टाचार र आर्थिक अपराधविरुद्ध लड्न कार्ययोजना तर्जुमा गरेको छ। ‘यसो गर्न आईएफसीलाई एकाउन्टेन्सी समुदायको साथ छ। एकाउन्टेन्सी समुदायका जोकोहीले व्यक्तिगत वा सामूहिक रुपमा भ्रष्टाचारविरुद्ध लड्न सक्छन्। ‘यो कार्ययोजनाको उद्देश्य भनेको करदातालाई कर तिर्दा हुने लाभबारे बुझाउने हो,’  डानके भन्छन्।

सर्वेक्षणका मुख्य निष्कर्षः 

विश्वास र भ्रष्टाचार

राजनीतिकर्मीलाई असाध्यै अविश्वास गरिन्छ। तथ्यांकमा जाने हो भने राजनीतिकर्मीलाई गरिने अविश्वासको दर २५ प्रतिशत मात्र छ। जबकि ट्याक्स अकाउन्टेन्ट र वकिललाई गरिने विश्वासको दर क्रमशः ६७.१ र ६४.६ प्रतिशत छ। उता कर अधिकारीलाई पनि राजनीतिकर्मीलाई जस्तै अविश्वास गरिन्छ।

राउन्ड टेबल छलफलमा सहभागीले राजनीतिकर्मीमाथिको अविश्वासका कारण कर व्यवस्थाप्रति करदाता निश्चिन्त हुन सक्दैनन्। सामान्य नागरिक कर व्यवस्थालाई अस्वीकार गर्दै तिरिएको कर सही रूपमा प्रयोग हुन्छ वा हुँदैन भन्नेमा संशय भने व्यक्त गर्छ।

कर कटौती

सर्वेक्षणमा ४६.४ प्रतिशतले बहुराष्ट्रिय कम्पनीहरूले सही ढंगमा कर तिरिरहेको बताएका छन्। उता जि-२० समूह सदस्य देशहरूमा भने बहुराष्ट्रिय कम्पनीहरूले सही ढंगमा कर तिर्छन् भनेर २२.४ प्रतिशतले मात्र विश्वास गरेका छन्। यसैगरी विकासशील देशहरूमा कर कटौतीका विषयमा अधिकांश मानिस नरम देखिन्छन्।

कर प्रोत्साहन

जलवायु परिवर्तन र बढ्दा प्रौढ जनसंख्याजस्ता समस्यासँग जुध्न ल्याइने कर प्रोत्साहन योजनामा नागरिकको तहबाट समर्थन प्राप्त हुने देखिएको छ। ७३.८ प्रतिशतले जलवायु परिवर्तन र ७२.८ प्रतिशले बढ्दो प्रौढ जनसंख्याको समस्याविरुद्ध लड्न कर प्रोत्साहनको प्रयोगमा समर्थन जनाएका छन्।

बहुराष्ट्रिय कम्पनी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न कर प्रोत्साहनको योजना लागू गरिनुपर्ने ७३.९ प्रतिशत सहभागीको राय छ। सर्वेक्षणमा सहभागी ६९.३ प्रतिशतले कर प्रोत्साहनका कारण मजबुत अन्तर्राष्ट्रिय कर प्रणाली लागू गर्न सकिने, विभिन्न देशबीच सहकार्य गर्न सकिने बताएका छन्।

एसीसीएका अभ्यासकर्ताले व्यावसायिक मूल्य मान्यता, संस्थाको दिगो आर्थिक विकास र रोजगार सिर्जनामा विश्वास गर्छन्।

सर्वेक्षण रिपोर्टका लेखक जेसन पाइपरले भनेका छन्, ‘एउटा मजबुत समाज निर्माणमा कुशल, प्रभावकारी र विश्वासिलो कर प्रणालीको महत्त्वूर्ण हिस्सा हुन्छ। यो सर्वेक्षणका अनुसार कर उठाउन समस्या छैन। तर उठाइसकेको कर के हुन्छ भन्ने संशय चाहिँ छ। किनभने उठाइएको कर खर्च गर्ने जिम्मेवारी पाएका सरकारी निकायमाथि विश्वास कम छ। करदाताले अविश्वास गर्नु भनेको सरकार भ्रष्टाचारमा संलग्न छ भन्ने संकेत हो।’

सन् २०१७ बाट एसीसीए र आईएफएसीले जि–२० समूहका सदस्य देशमा तथ्यांक संकलन गर्दै आइरहेका छन्। त्यहाँका मानिसको विचार र मनोवृत्तिबारे बुझ्ने कोसिस गरिरहेका छन्। पछिल्लो सर्वेक्षणले भने जि–२० भन्दा बाहिर पनि तथ्यांक संकलन गरेको हो। फेरि यस्तो बेला तथ्यांक संकलन गरिएको छ जब विश्व अर्थतन्त्र नै अलमल अवस्थामा छ। यसको कारण कोभिड–१९ महामारी र युक्रेनमाथि रुसी हमलाबाट सिर्जित परिस्थिति हुन्।

उच्च व्यावसायिक एसीसीए

एसीसीए (द एसोसिएसन अफ चाटर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) विश्वभर छरिएका व्यावसायिक एकाउन्टेन्टहरूको विश्वव्यापी मञ्च हो।

यससँग १७८ देशका दुई लाख ४१ हजार सदस्य छन्। भविष्यमा थप पाँच लाख सदस्य थपिने छन्। यी सबै विभिन्न क्षेत्रमा कार्यरत छन्। एसीसीएले उच्च व्यावसायिक र नैतिक मूल्यलाई ध्यानमा राखेको जनाएको छ।

यसले अकाउन्टेन्सी, फाइनान्स र व्यवस्थापनमा करियर बनाउन मद्दत गर्छ। यसले प्रदान गर्ने तालिम, योग्यता र अध्ययनको अवसरले जोकोहीलाई पनि रणनीतिक व्यापार, योजनाकार, पश्चगामी सोच भएको व्यावसायीमा रूपान्तरण गर्न सक्छ। वित्तीय, व्यापार र डिजिटलका क्षेत्रका विज्ञ उत्पादन हुनु दिगो संस्था र समाजका लागि सुखद हो।

एसीसीएले डिसेम्बर, २०२० मा संयुक्त राष्ट्रसंघ दिगो विकास लक्ष्य मापन गर्ने र त्यसबारे वार्षिक रिपोर्टमा उल्लेख गर्ने प्रतिबद्धता जाहेर गरेको थियो।

समाजको महत्त्वपूर्ण पेशामध्येको एक हो- अकाउन्टेन्सी। जसले सिंगो अर्थतन्त्र, संस्था र व्यक्तिलाई सहयोग गर्छ। किनभने अकाउन्टेन्सीले विश्वासिलो वित्तीय तथा व्यापारिक व्यवस्थापन सिर्जना गर्छ, भ्रष्टाचारविरुद्ध उत्रिन्छ। एसीसीएका अभ्यासकर्ताले व्यावसायिक मूल्य मान्यता, संस्थाको दिगो आर्थिक विकास र रोजगार सिर्जनामा विश्वास गर्छन्।

एकाउन्टेन्टको वृद्धि विकासको लागि– आईएफएसी

आईएफएसी अकाउन्टेन्सी पेशामा भएकाको विश्वव्यापी संस्था हो। जसको प्रमुख उद्देश्य एकाउन्टेन्सी पेशा र यसमा लागेकाहरूको वृत्ति विकासमा खटिनु हो।

आईएफएसीमा १८० सदस्य आबद्ध छन्। ती सदस्य १३५ अधिकार क्षेत्रमा कार्यरत छन्। आईएफएसीको छातामुनि ३० लाखभन्दा बढी अकाउन्टेन्ट संगठित छन्। संगठित अकाउन्टेन्ट शिक्षा, सरकारी निकाय, उद्योग, व्यापारलगायत क्षेत्रमा कार्यरत छन्।

प्रकाशित: ३ मंसिर २०७९ १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =