ओली प्रवृित्तिविरुद्ध गठबन्धन उम्मेदवारलाई जिताउनूस् : पूर्ण खड्का

हिमाल प्रेस १ मंसिर २०७९ ५:४२
ओली प्रवृित्तिविरुद्ध गठबन्धन उम्मेदवारलाई जिताउनूस् : पूर्ण खड्का

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पुर्ण खड्काले कर्णालीमा विकास गर्नका लागि ठूला औजार, मेसिनहरू ल्याउनका लागि गठबन्धनको सरकार अगाडि बढाएको बताएका छन्। एमालेको प्रतिगमन, व्यक्ति केन्द्रित शासन चलाउने प्रवृत्ति अन्त्य गर्नका लागि पाँचदलीय गठबन्धन बनेको बताएका हुन्।

‘गठबन्धनले जितेपछि मात्र कर्णालीमा विकास निर्माणलाई व्यापक रूपमा उठाएका छौँ। ऐन निर्माण गरेर प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा अगाडि बढाउँन् जीवन शाहीको सरकारले कामको थालनी गरेको छ।’ साथै खड्काले कर्णाली प्रदेशको छुट्टै नक्सा जारी गर्नका लागि आफ्नो ठुलो भूमिका रहेको दाबीसमेत गरेका छन्।

वाम-लोकतान्त्रिक गठबन्धनले बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा गरेको चुनावी आमसभालाई सम्बोधन गर्दे उपसभापति खड्काले भने, ‘गठबन्धन कुनै दलहरूको रहरले बनेको होइन, रातारात चुनाव जित्न पनि यो गठबन्धन बनेको होइन, एमालेको प्रतिगमन र, व्यक्ति केन्द्रित शासन चलाउने प्रवृत्ति अन्त्य गर्नका लागि बनेको हो।’

उनले एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा आफूलाई जनताभन्दा माथि ठान्दै व्यक्तिवादी शासनमार्फत् अलोकतान्त्रिक कदम चाल्न थालेपछि दलहरू सडकमा आएको र त्यही सडक आन्दोलनमार्फत् गठबन्धनको सिर्जना भएको बताए।

‘०७४ मा एमाले अध्यक्ष ओलीले चुनाव जित्न रातारात गरेको गठबन्धन जस्तो यो गठबन्धन होइन,’ उनले भने, अहिलेको निर्वाचनमा जनताको मतले संविधान भत्काउने वा रक्षा गर्ने निर्णय गर्ने भन्दै संविधानको रक्षा, देशको तीव्र विकास चाहने मतदाताले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे।

‘हामीले शान्ति सम्झौताले परिकल्पना गरेका कामहरूलाई पूर्णता दिन ऐन संशोधनको तयारी गरेका थियौं, एमालेको विरोधका कारण यो संशोधन विधेयक समितिमा अड्किएको हो,’ उनले भने।

उनले अब मंसिर ४ गतेपछि बन्ने गठबन्धन सरारकारले बजेट छुट्याउँदा कर्णालीलाई पहिलो प्राथमिकता दिनेगरी दलहरूबीच सहमति भएको उल्लेख गरे।

खड्काले यो चुनावले अग्रगमन र प्रतिगमनलाई निर्धारण गर्ने बताए। उनले केपी ओलीको प्रतिगमनलाई साथ दिनेकी सत्तारुढ गठबन्धनको अग्रगमनलाई साथ दिने भन्ने कुरा जनताको हातमा रहेको उल्लेख गरे।

खड्काले ओलीको अहंकारी दम्भ अझै नरोकिएको उद्घोष गरे। ‘ओलीले नेपाली जनताको परम्परादेखि चलिआएका रितिरिवाजलाई भत्काउने काम गरे, यसलाई रोक्न र ओलीको प्रतिगमनकारी प्रवृत्तिलाई रोक्नका लागि गठबन्धन बनेको हो, मुलुकको संविधान देशभन्दा माथि सोच्ने सर्वसत्तावादी, अधिनायकवादी शासन गर्न खोज्ने मनसायबाट ओली अघि बढिरहनु भएको छ त्यसको विरुद्धमा जनताले मतदान गर्नुहोला,’ उनले भने।

यस्तै, खड्काले कर्णाली प्रदेशका १० जिल्लामा रहेका २४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र र १२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सुर्य चिह्नलाई शुन्यमा पार्नुपर्ने मतदातालाई सुझाव दिए। खड्काले गठबन्धनले निर्वाचन जितको खण्डमा सिंहदरबारको पैसा कर्णाली ल्याएर कर्णालीमा विकासको मुल फुटउने प्रतिबद्धता जाहेर गरेका छन्।

प्रकाशित: १ मंसिर २०७९ ५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + fifteen =