आचारसंहिता उल्लंघनको निगरानी राख्‍न नियोकले प्रत्यक्ष प्रसारण गर्ने

हिमाल प्रेस १ मंसिर २०७९ ५:१३
आचारसंहिता उल्लंघनको निगरानी राख्‍न नियोकले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौँ– राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले आगामी मंसिर चार गते हुने प्रतिनिधि र प्रदेशसभाको देशभरको निर्वाचनको स्थलगत जानकारीको प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

नियोकले निर्वाचनको प्रारम्भिक पर्यवेक्षण सम्बन्धमा बिहीबार पत्रकार सम्मेलन गर्दै प्रेस विज्ञप्ति उक्त जानकारी सार्वजनिक गरेको छ।

नियोकले ७७ जिल्ला र सात वटा प्रदेशको निर्वाचनमा छोटो अवधि (तीन दिन)को लागि भनेर दुई हजार पर्यवेक्षक खटाइएको विज्ञप्तिमा उल्लेख छ। जसमा राष्ट्रिय पर्यवेक्षक १५०सहित मतदानकेन्द्र लक्षित स्थिर घुम्ती पर्यवेक्षकहरू पनि रहेका छन्।

उनीहरूको लागि प्रशिक्षण  प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ र तत्थपरक बनाउन नियोकले प्रथम पटक राष्ट्रियस्तरमा ४ गते डाटा सेन्टरको स्थापना गरेको जानकारी गराएको छ।

मतदानको समयमा खटिएका सम्पूर्ण पर्यवेक्षकहरूसँगको म्यासेजमार्फत मतदानस्थलको सम्पूर्ण जानकारीलाई सभाहलबाट प्रत्यक्ष प्रसारण गरिने उल्लेख छ।

उम्मेदवारी, राजनीतिक दल तथा उम्मेदवारहरूको निर्वाचन अभियान, आचारसंहिता पालनालगायतका विषयमा परीवेक्षण भइरहेको नियोगका अध्यक्ष कपिल श्रेष्ठले जानकारी दिए।

निर्वाचनको समयमा बालबालिकाको प्रयोग, तराई क्षेत्रमा भारतीय नम्बर प्लेटको प्रयोगजस्ता गलतकार्यको निर्क्यौल गरिरहेको नियोगका महासचिव देविका तिमल्सिनाले बताए।

प्रकाशित: १ मंसिर २०७९ ५:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =