भूकम्पले भत्काएका दुई वटा विद्यालय नेविसंघले पुनर्निर्माण गर्ने

हिमाल प्रेस २३ कार्तिक २०८० १८:३१
4
SHARES
भूकम्पले भत्काएका दुई वटा विद्यालय नेविसंघले पुनर्निर्माण गर्ने

काठमाडौँ- नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भूकम्प प्रभावित क्षेत्रका दुई वटा विद्यालयको पुनर्निर्माण गर्ने घोषणा गरेको छ। भूकम्प प्रभावित क्षेत्रमा राहत लिएर पुगेका नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जाजरकाेटमा पत्रकार सम्मेलन गर्दै यस्ताे घोषणा गरेका हुन्। भूकम्पमा परी निधन भएकी नलगाढ नगरपालिका उपमेयरको सम्झनामा सोही नगरपालिकामा पनि विद्यालय पुनर्निर्माण गर्ने शेर्पाले बताए।

‘यस प्रभावित क्षेत्रमा क्षति भएको विद्यालयहरू तिहारपछि नेविसघले अस्थायी रुपमा बनाउने जानकारी गर्दछौँ। साथै जाजरकोट जिल्लाको भेरी नगरपालिकास्थित वडा नं. ३ मा पर्ने हनुमान प्राथमिक विद्यालय, जाजरकोट र नलगाड नगरपालिका वडा नं. ५ स्थिति नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको सम्पूर्ण रुपमा पुन निर्माण गर्न प्रतिबद्धता गर्दछौँ,’अध्यक्ष शेर्पाले भने,’यसका साथै यस प्रभावित क्षेत्रमा क्षति भएको विद्यालयहरू तिहारपछि नेविसंघले अस्थायी रुपमा बनाउने समेत जानकारी गर्दछौँ। ´

त्यस्तै नेविसंघले तथ्याङ्क संकलन समिति र नेपाल सरकारको सूचना केन्द्रेको जानकारी बमोजिम पूर्णरूपमा घर क्षति भई अभिभावकविहीन भएका बालबालिकाहरूको पहिचान गर्ने र विद्यार्थीहरू माझ परेको मनोवैज्ञानिक असरलाई समेत हटाउन सहयोग गर्ने उनले बताए।

यस क्षेत्रका बालबालिकाहरूलाई शिक्षाको अवसरबाट बञ्चित हुन नदिन नेविसंघले सक्दो प्रयास गर्ने उनको प्रतिबद्धता छ। रुकुम पश्चिम र जाजरकोट गरी ३९८ विद्यालय पूर्णरूपमा क्षतिग्रस्त भई ५० हजारभन्दा धेरै विद्यार्थीको पढाइ प्रभावित भएको छ।

प्रकाशित: २३ कार्तिक २०८० १८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 3 =