आइएमई ग्रुपद्वारा भूकम्प प्रभावितका लागि डेढ करोडको चेक हस्तान्तरण

हिमाल प्रेस २१ कार्तिक २०८० १२:५७
आइएमई ग्रुपद्वारा भूकम्प प्रभावितका लागि डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ– आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुमलगायत जिल्लाका भूकम्प प्रभावितहरूको लागि घोषणा गरिएको सहयोग रकम हस्तान्तरण गरेका छन्।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा १ करोड ५० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरिएको हो।

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई ग्रुपबाट प्रवद्र्धित कम्पनी तथा आइएमई फाउन्डेसनमार्फत घोषणा गरिएको सहयोग रकमको चेक प्रधानमन्त्री दाहाललाई दिएका हुन्।

यसका साथै भूकम्प प्रभावित क्षेत्रमा आइएमई ग्रुप तथा आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोगसमेत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

 

प्रकाशित: २१ कार्तिक २०८० १२:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =