भूकम्प प्रभावितलाई सिटी एक्सप्रेसको २५ लाख

हिमाल प्रेस २० कार्तिक २०८० १६:१८
भूकम्प प्रभावितलाई सिटी एक्सप्रेसको २५ लाख

काठमाडौँ– सिटी एक्सप्रेस ग्रुपले जाजरकोट भूकम्प प्रभावितका लागि २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने हेतुले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने भएको हो।

शुक्रवार राति जाजरकोट केन्द्रबिन्दु भइ गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमलगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ।

प्रकाशित: २० कार्तिक २०८० १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nine =