काठमाडौँ– एनआईसी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरूको लागि नगद हस्तान्तरण गरेको छ। प्रभावितको उद्दार तथा राहतमा सघाउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख नगद सहयोग प्रदान गरेको हो।
उक्त रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन्। कात्तिक १७ गते राति जाजरकोटलाई केन्द्र बनाएर भूकम्प गएको थियो। जसबाट जाजरकोट र रुकुम अत्यधिक प्रभावित बनेका छन्।
प्रकाशित: २० कार्तिक २०८० १५:४७
प्रतिक्रिया