भूकम्प प्रभावितलाई सानिमा बैंकको २५ लाख सहयोग

हिमाल प्रेस २० कार्तिक २०८० १५:२६
भूकम्प प्रभावितलाई सानिमा बैंकको २५ लाख सहयोग

काठमाडौँ– सानिमा बैंकले जाजरकोट भूकम्प प्रभावितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

खोज, उद्धार र राहतका लागि उक्त क्षेत्रमा सहायता पुग्ने गरि बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको बैंकले जनाएको छ। बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ।

सानिमा बैंकको देशभर १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा छन्।

 

प्रकाशित: २० कार्तिक २०८० १५:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =