तिहारको तयारी, अब भेटायोको जिम्मेवारी

हिमाल प्रेस १९ कार्तिक २०८० १६:१४
तिहारको तयारी, अब भेटायोको जिम्मेवारी

काठमाडौँ– घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले तिहारमा उत्सव मनाउनका लागि ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ योजना ल्याएको छ।

यस अन्तर्गत भेटायोले एउटा घर ४ हजार ५०० मा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ।

त्यसका साथै तिहार प्याकेजको रूपमा एयर कन्डिसनर खरिद गर्दा ३ हजारसम्मको विशेष छुट पाउन सकिन्छ। थप ‘दक्षिणा’ प्रोमो कोड प्रयोग गरी सेवा बुक गर्दा १० प्रतिशत छुट पाउन सकिने कम्पनीले जनाएको छ। साथसाथै खल्तीबाट भेटायोको बिल तिर्दा ५ प्रतिशतको क्यासब्याक पनि रहेको छ।

प्रकाशित: १९ कार्तिक २०८० १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 17 =