बाराको कलैयामा एनआईएमबीको नयाँ शाखा

हिमाल प्रेस १९ कार्तिक २०८० १३:५८
बाराको कलैयामा एनआईएमबीको नयाँ शाखा

कलैया– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४, बरियारपुर रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

योसँगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखा भएका छन्। कलैया उपमहानगरपालिकाका मेयर विनोद साह र बैंकका कार्यकारी प्रमुख ज्योतीप्रकाश पाण्डेले संयुक्त रूपमा नयाँ शाखाकोे उद्घाटन गरेका हुन्। उद्घाटन गर्दै मेयर साहले आर्थिक कारोबारको लागि बैंकको शाखाले यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए।

बैंकका कलैया शाखा प्रमुखले सेवाग्राहीहरुलाई यस शाखामार्फत प्रभावकारी सेवा दिइने बताए। हाल बैंकले २६१ शाखा कार्यालय र ६२ वटा एक्सटेन्सन काउन्टरमार्फत सुविधा दिँदै आएको छ।

प्रकाशित: १९ कार्तिक २०८० १३:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =