एक्युफिट स्मार्टवाचको तिहार योजना, स्मार्टवाचको खरिदमा मोबाइल उपहार

हिमाल प्रेस १७ कार्तिक २०८० १५:०१
एक्युफिट स्मार्टवाचको तिहार योजना, स्मार्टवाचको खरिदमा मोबाइल उपहार

काठमाडौँ– टेक स्टुडियो प्रालिले ‘एक्युफिट स्मार्टवाचको हरेक खरिदमा निःशुल्क मोबाइल फोन पाउनुहोस्,’ भन्ने ट्याग लाइनको साथ तिहारको लागि विशेष योजना घोषणा गरेको छ।

यस योजनाले प्रत्येक एक्युफिट स्मार्टवाचको खरिदमा निःशुल्क मोबाइल फोन प्रदान गर्नेछ। चयन गरिएका मोडलहरूमा एक्युफिट डब्लु १६, एक्युफिट डब्लु १८ (म्याक्स जीटी) र एक्युफिट डब्लु २० (कस्मिक प्लस) समावेश छन्। जसको प्रस्ताव मूल्य क्रमशः ३ हजार ९९९, ४ हजार ९९९ र ६ हजार ९९९ तोकिएको छ।

एक्युफिट डब्लु १६ को खरीदसँगै केजीटेल १०५ मोबाइल फोन निः शुल्क प्रस्ताव गरिएको छ। जहाँ, एक्यूफिट डब्लु १८ (म्याक्स जीटी) को खरिदमा केजीटेल १०६ मोबाइल फोन र केजीटेल २४३ मोबाइल फोन एक्युफिट डब्लु २० (कस्मिक प्लस)को खरिदमा निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।

केजीटीईएल १०५, १०६ र २४३ मोबाइलको बजार मूल्य क्रमशः १५००, १,८०० र २,००० तोकिएको छ। यो योजना कात्तिक १५ गतेदेखि २४ गतेसम्म मात्र मान्य हुनेछ।

प्रकाशित: १७ कार्तिक २०८० १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 7 =