आरटीआर १६० भी फोर एफआईको विशेष संस्करण नेपाल ल्याइँदै

हिमाल प्रेस १७ कार्तिक २०८० १३:५५
आरटीआर १६० भी फोर एफआईको विशेष संस्करण नेपाल ल्याइँदै

काठमाडौँ– टीभीएस अपाचे आरटीआर १६० भी फोर एफआईको विशेष संस्करण नेपालमा सार्वजनिक हुने भएको छ।

टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता जगदम्वा मोटर्सले उक्त मोटरसाइकल नेपाल ल्याउने भएको हो। आरटीआर १६० भी फोर एफआई सेग्मेन्टमा ग्राहकका लागि थप छनोटको विकल्प दिने उद्देश्यका साथ विशेष संस्करण ल्याउने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ।

अपाचे आरटीआर १६० भी फोर एफआईको विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलो पटक विभिन्न थप फिचर पनि उपलब्ध गराउने छ। कम्पनीले सेग्मेन्टमै पहिलो पटक तीन राइडिङ मोड तथा समायोजनको सुविधासहितको ह्यान्ड ब्रेक लिभर र क्लच लिभर पनि उपलब्ध गराउने छ।

अद्वितीय डिजाइनमा हल्का र लाउडर बुल्पुप एक्जस्टसँगै टीभीएसका उपभोक्ताले बाटो र मौसमको आवश्यकताअनुसार ड्राइभिङ मोड छनोट गर्न सक्नेछन्। अपाचे आरटीआर १६० भी फोर एफआईको विशेष संस्करणलाई स्पोर्टी बडी डिलक्स र स्पेशल कलर थीममा तयार गरिएको कम्पनीको भनाइ छ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरको बलियो वितरण सञ्जाल छ।

प्रकाशित: १७ कार्तिक २०८० १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − ten =