काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्री चुङ ह्याङ क्युनले भेटवार्ता गरेका छन् ।
गए राति नेपाल आइपुगेका मन्त्री क्युनले आज बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् । भेटमा कृषि विकासका लागि एक अर्कालाई कसरी सहयोग गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।
कोरिया सरकारले नेपाललाई दिएको उन्नत जातको गाई बारेमा जानकारी लिन नेपाल आएका मन्त्री क्युनले आजै कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालसँग भेटेर कृषिका विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता गर्न लागेका हुन् ।
मन्त्री क्युनले शुक्रबार खुमलटारस्थित कृषि अनुसन्धान परिषद् (नार्क) को समेत अवलोकन गर्नेछन्।
प्रकाशित: १६ कार्तिक २०८० १४:५९ | Thursday, November 2, 2023
प्रतिक्रिया





