गठबन्धन दलका नेतामा अहंकार पलाए जस्तोसुकै स्थितिको सामना गर्न तयार छौँ : माधव नेपाल

हिमाल प्रेस ४ पुष २०७९ १५:१५ | Monday, December 19, 2022
गठबन्धन दलका नेतामा अहंकार पलाए जस्तोसुकै स्थितिको सामना गर्न तयार छौँ : माधव नेपाल

काठमाडौँ- नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले वामपन्थीको सरकार बनाउने विषय जनता अलमल्याउने कुरा मात्र भएको बताएका छन्।

सोमबार काठमाडाँैमा निर्वाचित सांसदहरूलाई बधाई दिन आयोजित कार्यक्रममा उनले अहिले नयाँ सरकारका विषयमा जनता अलमल्याउने काम हुन थालेको बताएका हुन्।

उनले कम्युनिष्ट आन्दोलन विसर्जन भइरहेको देख्दादेख्दै पुरानै अवस्थामा आफूहरू फर्कन नसक्ने पनि बताए।

अध्यक्ष नेपालले गठबन्धन दलहरू आन्तरिक छलफलमा रहेकाले एकै ठाउँमा बसेर सरकार गठनको समीकरण टुंगो लगाउने धारणा राखे। अहिलेकै गठबन्धनलाई लामो समयसम्म कायम राख्न आफूहरू प्रतिबद्ध रहेको बताए।

साथै उनले गठबन्धनभित्रकै दलहरूका नेतामा अहंकार पलाए जस्तोसुकै स्थितिको सामना गर्न तयार हुने बताए।

प्रकाशित: ४ पुष २०७९ १५:१५ | Monday, December 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast