यस्तो छ स्नातकोत्तर ‘थेसिस’को नयाँ मापदण्ड

हिमाल प्रेस १४ कार्तिक २०८० १८:२३
11.4k
SHARES
यस्तो छ स्नातकोत्तर ‘थेसिस’को नयाँ मापदण्ड फाइल तस्बिर

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायले शोधपत्र (थेसिस) बारे नयाँ मापदण्ड निर्धारण गरेको छ। डिनको कार्यालयले मंगलबार एक सूचनामार्फत उक्त जानकारी गराएको हो। कार्यालयले सम्बन्धित क्याम्पस/विभागमा शोधपत्रको भाइभा चौथो समेस्टरको सत्रान्त परीक्षा भए पनि गर्नुपर्ने स्पष्ट पारेको  छ।

त्यस्तै भाइभा भएको मितिले कम्तीमा १ महिनाभित्र डिन कार्यालयमा प्राप्तांक पठाइसक्नुपर्ने सूचनामा उल्लेख छ। ‘चौथो सेमेस्टरको सत्रान्त परीक्षाको नतिजा प्रकाशित मितिले ९० दिनभित्र शोधपत्रको भाइभा गरेमा मात्रै नियमित विद्यार्थी मानिने र चौथो सेमेस्टरको परीक्षा फारम भर्नुअगाडि शोधकार्य नसकेमा विद्यार्थीले शोधपत्रका निमित्त पनि आंशिक विद्यार्थीसरह पुनः फाराम भर्नुपर्ने,’ सूचनामा उल्लेख छ।

प्रकाशित: १४ कार्तिक २०८० १८:२३

प्रतिक्रिया

One thought on “यस्तो छ स्नातकोत्तर ‘थेसिस’को नयाँ मापदण्ड

  1. Absolutely good policy but I doubt most of the faculty who supervise or viva team 99% do not understand research, hardly they understand research questions, objectives, literature and theory and philosophy is far away. They only collect garbages from student.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast