विभिन्न कार्यक्रममा साथ सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिकोत्सव मनाइयो

हिमाल प्रेस १४ कार्तिक २०८० १२:१७ | Tuesday, October 31, 2023
विभिन्न कार्यक्रममा साथ सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिकोत्सव मनाइयो

काठमाडौँ– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ। बैंकले कामनपा वडा नं ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरेको छ। त्यसपश्चात बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित एक कार्यक्रममा तिलगंगा आँखा अस्पताललाई दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराइएको छ।

बैंकको वार्षिकोत्सवकै अवसरमा केन्द्रीय कार्यालय बालुवाटार र नेपालगञ्ज क्लस्टर कार्यालयमा १३२ जनाले रक्तदानसमेत गरेका छन्। त्यसका साथै बैंकमा ५ वर्षभन्दा बढी काम गरेका कर्मचारीलाई एक्सिलेन्स अवार्ड दिइएको थियो।

प्रकाशित: १४ कार्तिक २०८० १२:१७ | Tuesday, October 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast