राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

हिमाल प्रेस १४ कार्तिक २०८० ११:१० | Tuesday, October 31, 2023
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ। बैठक अपराह्न ४ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने छन्।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोग, नेपालको सोह्रौँ वार्षिक प्रतिवेदन २०७८/७९, राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७९/८०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको, तेत्तिसौँ वार्षिक प्रतिवेदन आव २०७९/८० प्रस्तुत गर्ने कार्यक्रम छ।

त्यस्तै विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।

त्यसअघि अपराह्न ४ बजे बस्ने संसदको संयुक्त बैठकलाई राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन कार्यसूची तय भएको छ।

प्रकाशित: १४ कार्तिक २०८० ११:१० | Tuesday, October 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast