‘एसियन वर्ल्ड फिल्म फेस्टिभल’मा छनोट भयो ‘हलकारा’

हिमाल प्रेस १३ कार्तिक २०८० १४:११ | Monday, October 30, 2023
‘एसियन वर्ल्ड फिल्म फेस्टिभल’मा छनोट भयो ‘हलकारा’

काठमाडौँ- फिल्म ‘हलकारा’ ‘एसियन वर्ल्ड फिल्म फेस्टिभल’मा छनोट भएको छ। फिल्म महोत्सवमा छनोट भएको जानकारी फिल्मका निर्देशक विक्रम सापकोटाले दिएका छन्।

‘फिल्म एसियन वर्ल्ड फिल्म फेस्टिभलमा आधिकारिक रूपमा छनोट भएको छ,’ उनले भने, ‘चर्चित महोत्सवमा फिल्म छनोट हुँदा खुसी लागेको छ।’

अमेरिकाको लस एन्जलसमा हुने फेस्टिभलमा फिल्मका दुई स्क्रिनिङ रहेका छन्। फिल्ममा निर्देशनमात्रै होइन सम्पादन पनि सापकोटाकै रहेको छ। जसमा हुलाकीको सपना, अन्तरसंघर्ष र वैदेशिक रोजगारीको आयामलाई प्रस्तुत गरिएको छ।

फिल्ममा महेश त्रिपाठी, विनिता थापामगर, उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारले अभिनय गरेका छन्।

केही दिनअघि नेपालको इन्टरनेसनल फिचर फिल्म छनोट समितिले ९६औँ ‘एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) अवार्डका लागि समेत फिल्मलाई सिफारिस गरेको छ। १० मार्च २०२४ मा अमेरिकाको लस एन्जलसको डल्बी थिएटरमा ९६औँ अस्कर अवार्ड समारोह हुनेछ।

प्रकाशित: १३ कार्तिक २०८० १४:११ | Monday, October 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast