काठमाडौँ- देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सोमबार उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको जनाएको हो।
सोमबार
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हिमपातको सम्भावना छ।
मंगलबार
देशभर आंशिक बदली रहनेछ। पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हिमपातको सम्भावना छ।
बुधबार
देशभर आंशिक बदली रहनेछ। पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हिमपातको सम्भावना छ।