इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु

हिमाल प्रेस ५ कार्तिक २०८० १७:१२ | Sunday, October 22, 2023
इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु

इटहरी- इटहरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ। आइतबार दिउँसो ३ बजेतिर इटहरी उपमहानगरपालिका-१३ खनारस्थित गणेश मन्दिर नजिकै विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को २९ प २४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

मृत्यु हुनेमा इटहरी १ बस्ने ३६ वर्षीय इकार गौतम छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: ५ कार्तिक २०८० १७:१२ | Sunday, October 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast