पोखराबाट दसैँ मनाउन गाउँतिर [तस्बिरहरू]

विजय नेपाल ५ कार्तिक २०८० १५:२७ | Sunday, October 22, 2023
पोखराबाट दसैँ मनाउन गाउँतिर [तस्बिरहरू]

पोखरा- गण्डकी प्रदेशको राजधानी पोखराबाट दसैँ मनाउन थातथलो फर्कनेको भीड बढेको छ। विभिन्न पेसा व्यवसाय गरेर पोखरामा बस्दै आएका मानिसहरू परिवार आफन्तसँग दसैँ मनाउन थातथलो फर्कने क्रम आइतबारसम्म पनि जारी छ।

अधिकांश मानिसहरू प्रदेशमा गोरखा, तनहुँ, लमजुङ, कास्कीका ग्रामीण भेग, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मनाङ, मुस्ताङ, पूर्वी नवलपुरलगायतका जिल्लाका गाउँतिर लागेका छन्।

यस्तै काठमाडौँ, जनकपुर, हेटौँडा, वीरगन्ज, विराटनगर, बुटवल, नेपालगन्ज, सुर्खेत, धनगढी घर भएका सर्वसाधारण पनि घर फर्किएका छन्। पोखराका पृथ्वीचोकस्थित बसपार्क, बागलुङ बसपार्कमा अझै पनि घर फर्कने यात्रीको भीड घटेको छैन।

 

प्रकाशित: ५ कार्तिक २०८० १५:२७ | Sunday, October 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast