दुर्घटनाबाट जोगियो यात्री बस

हिमाल प्रेस ३ कार्तिक २०८० १०:५२ | Friday, October 20, 2023
दुर्घटनाबाट जोगियो यात्री बस बझाङको जयपृथ्वी नगरपालिका–७ सुबेडा खड्केतोला नजिकै स्लिप खाएर सडक छेउमा अड्किएको बस। तस्बिर : कल्पना उपाध्याय

बैतडी– धनगढीबाट बझाङ जाँदै गरेको कर्णाली रिभर यातायातको ना६ख१९८३ नम्बरको बस शुक्रबार बिहान ठूलो दुर्घटनाबाट जोगिएको छ। बस बझाङको जयपृथ्वी नगरपालिका–७ सुबेडा खड्केतोला नजिकै स्लिप खाएर सडक छेउमा अड्किएको हो।

बस अड्किएपछि सडक अवरुद्ध भएको बझाङ प्रहरीले जनाएको छ। दसैँमा घर जान हिँडेका यात्रु बीचमै अलपत्र परेका छन्। बस निकाल्नका लागि स्काभेटर माग गरिएको पत्रकार कल्पना उपाध्यायले बताएकी छन्।

उनका अनुसार गुडिरहेको बसको अगाडिको पत्ता भाँचिएपछि सडकबाट भीरतर्फ मोडिएको थियो। बसमा सामान्य क्षति पुगेको छ भने यात्रु सकुशल छन्। बसमा कति यात्री थिए भन्ने केही खुलेको छैन।

प्रकाशित: ३ कार्तिक २०८० १०:५२ | Friday, October 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast