कोशीका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने

हिमाल प्रेस २९ असोज २०८० १५:३४
8
SHARES
कोशीका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की। फाइल तस्बिर।

विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आगामी बुधबार विश्वासको मत लिने भएका छन्। संविधानको धारा १६८ को उपधारा (५) अनुसार शनिबार नियुक्त मुख्यमन्त्री कार्कीले दसैँअघि नै विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मत लिने प्रस्ताव कात्तिक १ गते बुधबारको बैठकमा पेस गर्न आग्रह गर्दै प्रदेशसभा सचिवालयमा सोमबार पत्र दर्ता गराएका छन्।

एमालेका ३९ र कांग्रेसबाट विद्रोह गरेका आठ प्रदेशसभा सदस्यको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन्। आइतबार शपथ लिएका कार्कीले एमालेबाट राम राना तथा कांग्रेसबाट शमशेर राईलाई विनाविभागीय मन्त्रीसमेत नियुक्त गरिसकेका छन्।

अन्तिम विकल्पमा सरकार गठन भएकाले उनले विश्वासको मत प्राप्त गर्न नसकेमा कोशी प्रदेश मध्यावधि निर्वाचनमा जानेछ। तर केन्द्रीय सत्ता गठबन्धनले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन सक्ने बताउँदै आएको छ।

प्रकाशित: २९ असोज २०८० १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast