प्रधानमन्त्री प्रचण्ड धनगढीमा

हिमाल प्रेस २९ असोज २०८० ११:४९ | Monday, October 16, 2023
प्रधानमन्त्री प्रचण्ड धनगढीमा प्रधानमन्त्री पुष्पलाल दाहाल ‘प्रचण्ड’ लाई सोमबार धनगढी एयरपोर्टमा स्वागत गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह। तस्बिर : रासस

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी पुगेका छन्। समाजवादी मोर्चाको भेलाका लागि माओवादी अध्यक्षसमेत रहेका प्रचण्ड धनगढी पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्डलाई सोमबार धनगढी एयरपोर्टमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्वागत गरेका थिए। प्रधानमन्त्रीको टोलीमा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पनि छन्।

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चाको भेला सम्बोधन गर्ने कार्यक्रम छ। यसअघि धनगढीमा हुने भनिएको मोर्चाको भेला दुई पटक स्थगित भएको थियो।

एकपटक एमसीसी सम्झौता कार्यान्वयनको विषयलाई लिएर मोर्चा घटक दलहरूबीच विवाद हुँदा भेला स्थगित भएको थियो। यसैगरी एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण दोस्रो पटकका लागि तोकिएको भेला स्थगित भएको थियो।

प्रकाशित: २९ असोज २०८० ११:४९ | Monday, October 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast