मौसममा सुधार बुधबारपछि मात्रै

हिमाल प्रेस २७ असोज २०८० २३:२४ | Saturday, October 14, 2023
मौसममा सुधार बुधबारपछि मात्रै फाइल तस्बिर

काठमाडौँ- बागमती र मधेश प्रदेशको धेरैजसो भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ। यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको मनसुन शनिबारदेखि गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभाग तथा बागमती र मधेस प्रदेशका धेरैजसो भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालका बाँकी भूभागबाट केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाको भनाइ छ। मनसुन बाहिरिने क्रममा रहेको भए पनि पश्चिमी वायुको प्रभावका कारण सोमबारदेखि बुधबारसम्म नेपालमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ। आइतबार रातिदेखि पश्चिम वायुको एक प्रणाली आउने भएकाले छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेकाले तत्काल धान नकाट्न र काटेको भएमा आइतबारसम्ममा भित्र्याइ सक्न मौसमविद् प्रतिमा मानन्धरको सुझाव छ।

उनका अनुसार पूर्वबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने भएकाले बुधबारपछिबाट मात्रै मौसममा सुधार हुनेछ। नेपालको पूर्वी भूभागमा मात्रै मनसुनी वायुको आंशिक प्रभाव कायम छ।

सामान्यतया अक्टोबर २ तारिखमा नेपालबाट मनसुन बाहिरी सक्नुपर्ने भए पनि पूर्ण रूपमा बाहिरिसकेको छैन। पानी नपरेका कारण वायुमा प्रदूषण र कण बसेकाले दिउँसोपख आकाश खुले पनि बिहानबेलुका धुम्म हुने मौसमविद् गोविन्द झाको भनाइ छ। रासस

प्रकाशित: २७ असोज २०८० २३:२४ | Saturday, October 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast