कांग्रेस कोशी संसदीय दलका नेता थापाले दिए राजीनामा

हिमाल प्रेस २७ असोज २०८० १४:१५ | Saturday, October 14, 2023
कांग्रेस कोशी संसदीय दलका नेता थापाले दिए राजीनामा

इटहरी– नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन्।

थापाले संसदीय दलको नेताबाट राजीनामा दिएका हुन्। कोशी प्रदेश सरकार गठनमा भएको घटनाक्रमले पदमा बसिरहन उचित नभएको निष्कर्ष निकाल्दै उनले राजीनामा दिएको जनाएका छन्। उनी पूर्व मुख्यमन्त्रीसमेत हुन्।

उनले संसदीय दलको नेता हुँदा सहयोग गर्ने सबै सांसदहरूलाई धन्यवाद दिएका छन्। थापाले दलको नीति, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रहँदै आगामी दिनमा क्रियाशील रहने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: २७ असोज २०८० १४:१५ | Saturday, October 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast