विभिन्न बहानामा संविधानमाथि हमला हुँदैछ : उपप्रधानमन्त्री खड्का

हिमाल प्रेस २६ असोज २०८० १९:०४ | Friday, October 13, 2023
विभिन्न बहानामा संविधानमाथि हमला हुँदैछ : उपप्रधानमन्त्री खड्का फाइल तस्बिर

जाजरकोट- उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अप्ठ्यारो समयमा कांग्रेसले निकास दिँदै आएको बताएका छन्। यसका लागि इतिहास साक्षी रहेको उनको भनाइ छ।

नेपाली कांग्रेस जाजरकोटको जिल्ला सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले देश आर्थिक रूपमा समस्यामा रहेको बताए। विश्वको अन्य मुलुकमा द्वन्द्व हुँदा त्यसको असर नेपालको अर्थतन्त्रमा पर्ने गरेको उनको भनाइ थियो।

धर्म, जातजाति तथा विभिन्न बहानामा संविधानमाथि हमला हुन थालेको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले यसको प्रतिवाद गर्नुपर्ने बताए।

ऋण लिएर विकास निर्माणका काम गर्नुपरेको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले सबै पक्ष सकारात्मक रुपमा लाग्नुपर्नेमा जोड दिए। नेतृत्व ठिक भए मात्र कांग्रेस बन्ने भन्दै उनले यसका लागि नेता तथा जनप्रतिनिधि सच्चिनुपर्ने बताए।

प्रकाशित: २६ असोज २०८० १९:०४ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast